२ मंसिर २०८१, आईतवार | Mon Nov 18 2024

क्रसर उद्योगमा आक्रमण गरेको आरोपमा पक्राउ परेका प्रवक्ता विश्वकर्मालाई ३ दिन थुनामा राख्न अदालतकाे आदेश

३ भदौ, काभ्रे । विप्लव समूहका प्रवक्ता विश्वकर्मालाई ३ दिन थुनामा राख्न अदालतकाे आदेश दिएकाे छ ।  काभ्रेको क्रसर उद्योगमा आक्रमण गरेको आरोपमा पक्राउ परेका नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई प्रहरीले अनुसन्धानका लागि समय लिन आइतबार अदालत पेश गरेको थियो ।

प्रहरीले अनुसन्धानका लागि ७ दिनको समय माग गरे पनि जिल्ला अदालत काभ्रेले ३ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

प्रकाशित मिति : ३ भाद्र २०७५, आईतवार १५:२९