विराटनगरका टंक भट्टराईको सिरानीले मुख थुनेर हत्या
३ भदौ, विराटनगर । विराटनगरको एक हार्डवेयर पसलमा सुरक्षा गार्डका रुपमा कार्यरत ५० बर्षका टंक भट्टराईको हत्या भएको छ ।विराटनगर-४ पीपलचोक घर भएका भट्टराई राति हार्डवयर पसलमा रहेको सुरक्षागार्ड सुत्ने कोठामा सुतेका थिए तर बिहान ढोका खोल्दा मुखमा सिरानी कोचिएको अवस्थामा फेला पारिएको थियो ।
विराटनगर महानगरपालिका २ धरान रोडस्थितमा रहेको न्यू बिक्की हार्डवेयरका सुरक्षा गार्ड भट्टराईको शव आइतवार विहान पसलको कोठामा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी निशान थापाले जानकारी दिए ।
सिरानीले मुख थुनेको अवस्थामा उनको शव फेला परेको भट्टराईको अनुहार र शरीरका विभिन्न भागमा चोट देखिएको छ । उनको देब्रे आँखा निकालिएको छ ।
प्रकाशित मिति : ३ भाद्र २०७५, आईतवार १४:४६