२ मंसिर २०८१, आईतवार | Mon Nov 18 2024

काठमाडौंकाे चावहिलमा करेन्ट लागेर टुरिस्ट गाइडकाे मृत्यु 

३ भदौ, काठमाडौं। गएराति करिब साढे १० बजे करेन्ट लागेर आर्यघाटमा एकजनाको मृन्यु  भएकाे छ । मृत्यु हुनेमा मित्रपार्कका ४० वर्षीय पुष्प गन्धर्व रहेकछन् । गन्धर्वकाे मृत्यु भएको विरोधमा गौशाला सडकखण्ड अबरुद्ध भएको छ । पशुपति क्षेत्र विकास कोषको लापरवाहीका कारण घटना भएको भन्दै कोषका मजदुर र स्थानीयले विरोध जनाएका हुन् । जसका कारण यातायात प्रभावित भएको छ ।

गन्धर्व टुरिस्ट गाइड भएको प्रहरी वृत्त गौशालाले जनाएको छ ।  विरोधमा अहिले पशुपति क्षेत्र विकास कोष अगाडी प्रदर्शन भएको छ ।  विजुलीको तार जमीनमा लत्रिएको र सोही स्थानमा रहेको फलामको कुर्सीमा बस्नेक्रममा राति उनलाई करेन्ट लागेको हो ।

प्रकाशित मिति : ३ भाद्र २०७५, आईतवार १२:२०