२ मंसिर २०८१, आईतवार | Mon Nov 18 2024

 अर्धनग्न महिलाहरु बलात्कारीलाई फाँसी दिन माग गर्दै प्रदर्शनमा

२ भदौ, काठमाडौं ।  महिलाहरु पेटीकोट लगाएर अर्धनग्न भै  बलात्कारीलाई फाँसीकाे माग गर्दै माइतीघरमा  लगाएर प्रदर्शन गरेका छन् । बलात्कारीलाई कडा सजायँ हुनुपर्ने भन्दै शनिबार  महिलाहरुले अर्धनग्न  भै प्रदर्शन गरेका छन्।

पेटीकोट लगाएर प्रदर्शन गर्नेहरुमा युवतीका साथै तेस्रो लिंगी र पुरुषसमेत थिए । प्रदर्शनकारीमाथि प्रहरीले तितरवितर पारेर केहीलाई पक्राऊ गरी अनामनगरस्थित प्रहरी कार्यालयको हिरासतमा राखेको छ ।

यसअघि सरकारले माइतीघरमा प्रदर्शन गर्न नपाइने गरी निशेधित क्षेत्र घोषणा गरेको थियो । तर, सर्वोच्च अदालतले आदेश कार्यान्वयन नगर्न भनेको छ । तैपनि प्रहरीले शान्तिपूर्णरुपमा प्रदर्शनमा उत्रिएकाहरुमाथि हस्तक्षेप गरेको आयोजकहरुको गुनासो छ ।

प्रहरीको गिरफ्तारीमा परेकी एक प्रदर्शनकारीका अनुसार ‘प्रहरीले गरेको यस्तो व्यवहार यसअघि कहिल्यै देखिएको थिएन, यो घटनाले त देशमा अधिनायकवाद आएको महसुस भयो ।’ देशमा बढिरहेको हत्या हिंसा र बलत्कारका घटनाहरुको विरोध गर्दै प्रदर्शनकारीहरुले प्ले कार्डसहित शान्तिपूर्ण प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : २ भाद्र २०७५, शनिबार १७:११