१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

एमालेको तेह्रथुम-काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष केदार गाैतमद्धारा पार्टी परित्याग

१० वैशाख, काठमाडाैँ । नेकपा एमाले तेह्रथुम-काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष केदार गाैतमले पार्टी परित्याग गरेका छन । एमाले नीति र विचारमा विचलित देखिएको भन्दै उनले एमाले परित्यागको घोषणा गरे । उनी शनिबार नै नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन । उनलाइ समाजवादीका अध्यक्ष माधकुमार नेपालले खादा लगाएर पार्टीमा स्वागत गरे ।

गाैतम राष्ट्रिय खेलकुद परिषद्का पूर्व उपाध्यक्ष पिताम्बर तिमल्सिनासहित समाजवादीमा प्रवेश गरेका हुन । सोक्रममा जिफन्टका नेता माधव पाण्डे पनि एमाले परित्याग गरी समाजवादीमा प्रवेश गरेका छन ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार ०९:५४