१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

नुवाकोटमा एमालेले जितेका पालिकामा कांग्रेस माओवादी तालमेल, समाजवादीलाई जय नेपालमात्रै !

९ वैशाख, नुवाकोट । नुवाकोटमा नेकपा एमाले विजयी भएका तीन वडा पालिकामा मात्र नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका बीचमा तालमेल हुने भएको छ । जिल्लाका १२ वटा पालिका माध्ये ९ वटा पालिकामा भने पाँच दलीय गठबन्धन मित्रवत रूपमा सिंगल सिंगल भिड्न तयार भएका छन । ककनी र पञ्चकन्या गाउँपालिकामा दलहरूले सिंगल सिंगल मित्रवत प्रथिस्पर्धा गर्ने निर्णय नै गरेका छन ।

शुक्रबार राति माओवादी र कांग्रेसले सहमति गर्दै तीन पालिकामा भागवण्डा टुंग्याएका छन । जस अनुसार विदुर र तारकेश्वरको नेतृत्व नेपाली कांग्रेसले पाउने छ भने बेलकोटगढीको नेतृत्व माओवादी केन्द्रले पाउनेछ । माओवादीबाट बेलकोटगढीको मेयरमा जगत लामा र विदुरको उपमेयरमा प्रभा बोगटीको यसअघि नै टुंगो लागिसकेको छ ।

सहमति अनुसार नेकपा एकीकृत समाजवादीले तीन वटा वडामा नेतृत्व पाउने छ । जसमा विदुर नगरपालिकामा एउटा वडा र बेलकोटगढीमा एउटा रहेको छ । बाँकी वडामा भने समाजवादीले जय नेपाल भन्दै नेपाली कांग्रेसका लागि मत मागदिनुपर्ने भएको छ । गठबन्धनको सहमतिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प लामिछाने र नेपाली कांग्रेसका सभापति रामेश महतले हस्ताक्षर गरेका छन ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार २३:२८