१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

रसुवाको पाँच गाउँपालिकामा सर्वसम्मत उम्मेदवार चयन, उत्तरगयामा माधव अर्याल

९ वैशाख, रसुवा । नेकपा (एमाले) रसुवाले जिल्लाका पाँच वटै स्थानीय तहमा सर्वसम्मत उम्मेदवार चयन गरेको छ । एमाले सचिव जनार्दन ढकालका अनुसार शुक्रबार भएको पार्टिको बैठकले सबै पालिकामा सर्वसम्मत उम्मेदवार चयन गरेको छ । एमाले केन्द्रीय सदस्य माधव अर्याल पनि गाउँपालिकामा चुनाव लड्न तयार भएका छन । उनी उत्तरगया गाउँपालिकाको अध्यक्षमा सर्वसम्मत उम्मेदवार चयन भएका छन ।

यस्तो छ उम्मेदवारको विवरण

१) उत्तरगया गाउँ पालिका
अध्यक्ष :- क.माधब अर्याल
उपाध्यक्ष :-क.चमेली गुरुङ

२) कालिका गाउँ पालिका
अध्यक्ष :-क.कमलनाथ आचार्य
उपाध्यक्ष :- क.अम्बिका भट्ट पौडेल

३) नौकुण्ड गाउँ पालिका
अध्यक्ष :- क.सिर्जना लामा
उपाध्यक्ष :-क.चन्द्र बहादुर तामाङ

४)गोसाइँकुण्ड गाउँ पालिका
अध्यक्ष :- क.कैसाङ नुर्पु तामाङ
उपाध्यक्ष :-क.प्रतिमा तामाङ

५) आमाछोदिङ्मो गाउँ पालिका
अध्यक्ष :-क. तेम्ब्रेल तामाङ
उपाध्यक्ष :-क.नबिना लामा

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार २२:४०