१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

एमालेको नयाँ केन्द्रीय कार्यालय उद्घाटन

९ वैशाख, काठमाडाैँ । नेकपा एमालेको नयाँ केन्द्रीय कार्यालय भवन शुक्रबार उद्घाटन गरिएको छ । भवनको एक कार्यक्रमका बिच पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालय भवनको शुभारम्भ गरेका हुन् । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा एमालेले नयाँ कार्यालय सञ्चालनमा ल्याएको हो ।

शुभारम्भ गरेसँगै अब बल्खुमा नयाँ भवन नबनेसम्म सम्पुर्ण काम यसै भवनबाट हुने अध्यक्ष ओलीले बताए । थापाथलीबाट पार्टी कार्यालय सरेको र अब च्यासलबाटै एमालेको हेडक्वार्टर सञ्चालन हुने एमालेले जनाएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार १४:३०