१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

राप्रपाबाट काठमाडौं मेयरमा कलाकार मदनदास श्रेष्ठ उम्मेदवार

९ वैशाख, काठमाडौँ । राप्रपाले काठमाडौँ महानगरपालिकाको मेयरमा कलकार मदनदान श्रेष्ठको नाम घोषणा गरेको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्र्वाचनका लागि काठमाडौंको मेयरमा कलाकार श्रेष्ठले उम्मेदवारी दिने राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । ‘काठमाडौँ महानगरको मेयरमा कलाकार मदनदास श्रेष्ठलाई राप्रपाले उठाउने भएको छ,’ उनले भने ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार १३:२९