२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

नुवाकोटमा हितबहादुरकै गाउँमा माओवादीभित्र बिद्रोह, सय बढीले भोलि राजिनामा दिने


८ वैशाख, नुवाकोट । नेकपा माओवादी केन्द्रका नेता हितबहादुर तामाङको गाउँमै माओवादीभित्र बिद्रोहको सुरूवात भएको छ । पुराना माओवादी कार्यकर्ताले साधारण सदस्य समेत नरहनेगरी पार्टी परित्यागको घोषणा गर्न थालेका छन ।

कतिपयले सामाजिक सञ्जालमा पार्टी परित्यागको घोषणा गरिरहेका छन भने तीन जना नेताले संयुक्त विज्ञप्ति मार्फत पार्टी परित्यागको घोषणा गरेका छन । हितबहादुरले जिल्लाको पञ्चकन्या गाउँपालिकामा उम्मेदवार चयनका लागि आफ्नै भतिजोलाइ अघि सारेपछि बिद्रोह सुरू भएको हो ।

बिहीबार नेताहरू राजु राई, रेशमराज पान्त र शंकर तामाङले संयुक्त रूपमा माओवादी परित्यागको घोषणा गरेका छन । अनेरास्ववियु क्रान्तिकारीका पूर्व केन्द्रीय सदस्य प्रभास सुवेदीसहित एक सय भन्दा बढीले शुक्रबार राजिनामा दिने तयारी गरेका छन । उनीहरूले हितबहादुरको प्रवृतिसँग जोडेर गम्भीर आरोपहरू लगाएका छन ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार २२:२५