२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

गठबन्धनले अपमान गरेपछि झापामा एक्लै लड्ने समाजवादीको घोषणा, उम्मेदवार सिफारिस


८ वैशाख, काठमाडाैँ । झापामा कांग्रेस र माओवादीले अपमान गरेको भन्दै सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादी बाहिरिएिको छ ।  गठबन्धनबाट बाहिरिएको घोषणा गर्दै नेकपा एसले झापाका सबै स्थानीय तहका लागि प्रमुख र उपप्रमुखका उम्मेदवारको नाम सिफारिस गरेर प्रदेशमा पठाएको छ ।

स्थानीय तहमा सिफारिस भएका उम्मेदवारको नाम सार्वजनिक गर्दै गठबन्धनबाट नेकपा एस बाहिरिएको एक स्रोतले जनाएको हो । तर झापामा कांग्रेस र माओवादीबीचमै पनि भागबण्डा मिलेको छैन । उनीहरूले नेकपा एसलाई कुनै पनि पालिकामा प्रमुख दिन मानेका छैनन् भने दुईवटा गाउँपालिकामा उपप्रमुखमात्र दिन खोजेका थिए ।

अर्जुनधारा र कमल गाउँपालिकाको उपाध्यक्ष नेकपा एसलाई दिने भनिए पनि सो पार्टीले बिर्तामोड र शिवसताक्षी नगरपालिकाको उपमेयर मागेको थियो । सो पार्टीले चारवटा उपप्रमुख पनि नपाएपछि गठबन्धन छाडेको हो । झापाका १५ मध्ये १४ पालिकाको प्रमुख कांग्रेसले दाबी गरेको छ ।

यी हुन् नेकपा एसले सिफारिस गरेका उम्मेदवार

१) मेचीनगर प्रमुख : शारदा शर्मा, अर्जुन पौडेल, लक्ष्मी थिङ
उप प्रमुख : बीपी भट्टराई, शंकर थापा, विमला देवकोटा

२) बुद्धशान्ती प्रमुख : दुर्गा आचार्य, पुस्प खतिवडा
उप प्रमुख : प्रदीप धिमाल

३) अर्जुनधारा प्रमुख : भास्कर काफ्ले, प्रत्युश राना
उप प्रमुख : रमा खवास, प्रेमसागर सापकोटा, अम्बिका खतिवडा

४) बिर्तामोड प्रमुख : चन्द्रकला घिमिरे, चेतानन्द निरौला
उप प्रमुख : तीर्थ सिग्देल, श्रीप्रसाद सिटौला

५) कनकाई प्रमुख : नारायण सिंह राजबन्सी
उप प्रमुख : अम्बिका उप्रेती

६) भद्रपुर प्रमुख : पुस्प पोखरेल, दुर्गा भट्टराई
उप प्रमुख : पदम लिम्बू, टीका रेग्मी, कुज्जा रुचाल

७) शिबसतासी प्रमुख : नवीन इजम
उप प्रमुख : यसोधा भट्टराई

८) कमल प्रमुख : हरीमाया मैनाली, खगेन्द्र बाराकोटी
उप प्रमुख : होमबहादुर बराल, चन्द्रकला भण्डारी, राम भण्डारी

९) गौरादह प्रमुख : खगेन्द्र दाहाल, नारायण राजबन्सी
उप प्रमख : लक्ष्मीदेबी चौधरी

१०) कचनकवल प्रमुख : खेपचरण यादब
उप प्रमुख : मेहरमान राजबन्सी

११) दमक प्रमुख : इन्द्र बुडाथोकी, भरतबाबू कार्की
उप प्रमुख : रामकुमारी तामाङ, लक्ष्मी चौधरी

१२) बार्‍हदशी प्रमुख : लक्ष्मी पकुवाल, सीताराम बस्नेत
उप प्रमुख : सुस्मा मुर्मु

१३) गौरीगन्ज प्रमुख : हिराकाजी गिरी, हुपनारायण राजबन्सी

१४) झापा प्रमुख : रामबहादुर खड्का
उप प्रमुख : इस्वरी दाहाल

१५) हल्दीबारी प्रमुख: टीका पौडेल

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार १८:३९