२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

सत्यमोहन जोशी संक्रमणमुक्त, केही दिनमा अस्पतालबाट घर फिर्ता हुने 


८ वैशाख, काठमाडाैँ । वाङमय शताव्दीपुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सुधार हुँदैछ । मूत्र प्रणालीमा सङ्क्रमण र मुटुको चालमा गडबडी देखिएपछि अस्पताल भर्ना भएका जोशीमा देखिएका संक्रमणहरु कम भइसकेको किस्ट अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक प्रा डा सुरज बज्राचार्यले जोशी संक्रमणमुक्त भइसकेको र कमजोरीमात्र देखिएको जानकारी दिए । उनले केहि समयमा नै जोशीलाइ घर पठाउने बताए । जोशी एक सातादेखि किस्ट अस्पतालमा उपचाररत रहेका छन ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार १८:३०