२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

७५३ वटा पालिकामा निर्वाचन अधिकृतको कार्यालयको स्थापना


८ वैशाख, काठमाडाैँ । स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले देशभरका स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । देशका ७७ वटै जिल्लाअन्तर्गत रहेका स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको आयोगले जनाएको छ ।

काठमाडौं महानगरको मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभागृहमा स्थापना गरिएको छ । काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजु खतिवडाले अव निर्वाचन अयोगले तयार गरेको कार्यतालिका निर्वाचन अधिकृतको कार्यालयबाट अघि बढ्ने बताए । त्यस्तै उनले निर्वाचन आचारसंहिता पालना भए नभएको पनि जाँचबुझ गर्ने जानकारी दिए ।

प्रत्येक निर्वाचन अधिकृतको कार्यालयमा ९/१० जना कर्मचारीको जनशक्ति रहने व्यवस्था आयोगले गरेको छ । निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ११ र १२ गते उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम राखेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार १८:२४