२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

५३ जिल्लाको मतपत्र छापियो, १० जनाले निर्वाचन पर्यवेक्षण गर्ने


८ वैशाख, काठमाडाैँ । बैंशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि हालसम्म १ करोड १९ लाख मतपत्र छापिएको छ । बिहीबार काठमाडौंमा आयोजित नियमित पत्रकार सम्मेलनमा निर्वाचन आयोगले हालसम्म ५३ जिल्लाका लागि १ करोड १९ लाख मतपत्र छापिसकिएको जानकारी दिएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनका लागि द्रूत रुपमा मतपत्र छापिने क्रम जारी रहेको जानकारी दिए । त्यस्तै बाजुरा, अछाम, सोलुखुम्बु, मुगु सहितका जिल्लाहरुमा निर्वाचन सामग्री पठाउने क्रम सुरु भइसकेको उनले बताए । सडक सञ्जाल जोडिएका स्थानमा सडक मार्गबाट र डोल्पा र मुगुमा भने द्रुत मार्ग वा हवाई मार्गबाट मतपत्र ढुवानी बैंशाख १४ बाट सुरु हुने पौडेलले बताए ।

प्रवक्ता पौडेलले स्थानीय तहको निर्वाचन पर्यवेक्षण गर्नको लागि ४४ वटा राष्ट्रिय संस्थालाई प्रवेक्षण अनुमति दिइएको उल्लेख गरे । त्यस्तै पाैडेलले ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको बताए । पर्यवेक्षकले पर्यवेक्षण गरेको प्रतिवेदन ३० दिन भित्र आयोगमा पेश गर्नु पर्ने पौडेलले बताए । उनले देशभर १० हजार बढीले निर्वाचन पर्यवेक्षण गर्ने पनि बताए ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार १८:३३