२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

एमाले सांसद सुवेदीले दिए पदबाट राजिनामा


८ वैशाख, हेटाैँडा । वाग्मती प्रदेश सभा सदस्य विजय सुबेदीले पदबाट राजीनामा दिनुभएको छ । प्रदेशका सामाजिक विकास मन्त्री समेत भइसक्नु भएका सुबेदीले आज प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ समक्ष राजीनामा बुझाएका छन ।

यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट भरतपुर महानगरपालिकाको उमेदवार बन्न पदबाट राजीनामा दिएको उनले जानकारी दिए । २०७४ सालमा सम्पन्न निर्वाचनमा सुवेदी चितवन २ ‘ख’ क्षेत्रबाट निर्वाचित भएका थिए ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उमेदवार बन्न चाहने बहालवाला जनप्रतिनिधिले मनोनयन दिनुअघि राजीनामा गर्नेपर्ने नियम बनाएकोले पदबाट राजीनामा दिएर मनोनयनको तयारी गरेको सुबेदीले बताए । ३० गते हुने स्थानीय तह निर्वाचनका लागि यही बैशाख ११ र १२ गते मनोनयन दर्ताका लागि छुट्याएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार १६:४६