२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

माओवादीलाई आधार क्षेत्रमै धक्काः नेता गोपाल बुढाथोकीद्धारा पार्टी परित्याग


८ वैशाख, काठमाडाैँ । सत्तारुढ पाँच दलका नेताहरु बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर एमाले विरुद्ध चुनाव लड्न यतिवेला व्यापक छलफलमा केन्द्रित छन् । गठबन्धन गर्न सहमतिका लागि दिनहु जस्तो जिल्ला स्तरमा र पालिका स्तरमा औपचारिक अनौपचारिक बैठकहरु बस्ने भएपनि ठोस निर्णय भने हाल सम्म केहिपनि निस्कन सकेको छैन । बरु नेताहरुका व्यक्तिगत देखि पारिवारीक स्वार्थ भने छताछुल्ल छ।

माओवादीको गढ मानिएको मरिण गाउँपालिकामा माओवादी भित्रको अन्तरविरोध यस्तो नराम्रो सँगले झागिएको छ की माओवादी भित्र एक समूहले टिकट पाए अर्को समूहले स्वीकार्दै नस्वीकार्ने अवस्था छ । एक छत्र जितेको मरिणमा अहिले टिकट पाउनु नै जित्नु हो भन्ने शैलिमा माओवादी भित्र टिकट हात पार्न पूर्व जनमोर्चा र माओवादी खेमा विच दाउपेच सुरु भएको छ। त्यसैले पूर्व जनमोर्चा समुहका नेता तथा माओवादी मरिण गाउँपालिका अध्यक्ष समेत रहेका नेता गोपाल बुढाथोकीले पार्टी परित्याग गरेको घोषणा गरेका छन्।

उनले फेस्बुक मार्फत पार्टी छोडेको घोषणा गरेका हुन । फेस्बुक मार्फत भनेका छन, मरिण गाउँपालिका भित्र रहनु भएका सम्पूर्ण निष्ठावान,अनुशाषित,सर्वहारा बर्गियपक्षधर कम्रेडहरु ,सिन्धुली जिल्लाका पार्टी नेतृत्व पुर्णतः गुट प्रबृत्तिमा रम्ने श्रमजीवी कार्यकर्तालाई पुर्वग्रही ढँगको ब्यबहर गर्न निरन्तर लागि परेकोले ,विधि पद्धति मा नरहि स्वेच्छाचारी प्रबृत्ति हाबि भएको कारण आजको दिनदेखि आफु नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मरिण गाउँकमिटीको अध्यक्ष बाट राजिनामा दिएको जानकारी गराउँदछु । यश बाट शुभेच्छेकु मित्रहरूमा पर्न गएको चोट प्रति क्षमाप्रार्थी छु। राष्ट्र ,राष्ट्रियता ,जनजिबिका र श्रमजीवी जनताको पक्षमा लागिरहन पछि नपर्ने विश्वस्थता दिलाउँछु। तत्काल कुनै दल पार्टीमा समलग्न हुने छैन। माओवादी जिल्ला इन्चार्ज राजन दाहालले पूर्व जनमोर्चा समुह लाई पुर्वाग्राही दृष्टिकोण राखेर पक्षपपात गर्दै आएको आरोप समेत लगाएका छन् । मरिण गाउँपालिका पूर्व माओवादी भन्दापनि पूर्व जनमोर्चाको संगाठानिक पकड भएको ठाउँ हो । जिल्ला नेतृत्वले समयमा ठोस व्यवस्थापन नगरेमा ठुलो समुहमा जनमोर्चा समुहले माओवादी छोड्ने निश्चत जस्तै रहेको जनाकारहरु बताउँछन।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार १६:०४