२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

धनकुटा नगरपालिकाको प्रमुखमा चिन्तन तामाङ सर्वसम्मत उम्मेदवार


८ वैशाख, धनकुटा। एमालेले धनकुटा नगरपालिकाको मेयरमा वर्तमान मेयर चिन्तन तामाङलाई सर्वसम्मत उम्मेदवार बनाउने भएको छ । एमाले धनकुटा नगरकमिटिको बैठकले सवै वडाबाट सिफारीस भएर आएका तामाङलाई दोस्रो कार्यकालको लागि उम्मेदवार बनाउने निर्णय गरेको हो ।

‘उहाँको सवै वडाबाट सिफारीस आयो । जनतामा पनि लोकप्रिय हुनुहुन्छ । त्यसैले सर्वसम्मत निर्णय गरेका हौ,’ एमाले धनकुटा नगर कमिटी अध्यक्ष अर्जुन छाराहाङले बताए ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई हराउदै विजयी भएका चिन्तन तामाङ सर्वसम्मत हुने धनकुटाको पहिलो पालिका प्रमुख हुन । उनी एमाले धनकुटाको उपाध्यक्ष हुन ।

त्यसैले धनकुटा नगरपालिकाको वडा २ मा चन्द्रलाल तामाङ र वडा नं. ४ मा जमसेर छाराहाङ वडाध्यक्षमा सर्वसम्मत सिफारीस हुनु भएको छ । उहाँहरु दुवैजना वर्तमान वडाध्यक्ष हुनुहुन्छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार १४:१९