२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

नुवाकोटमा ‘कांग्रेस मास्न पाइदैन, गठबन्धन चाहिँदैन’ अभियान सुरू


८ वैशाख, नुवाकोट । नुवाकोटमा नेपाली कांग्रेस मास्न पाइदैन भन्ने अभियान नै सुरू भएको छ । नेपाली कांग्रेसका कार्यकर्ताहरूले पार्टी कार्यालयमा व्यानर नै टाँगेर ‘कांग्रेस मास्न पाइदैन, गठबन्धन चाहिँदैन’ भन्ने अभियान सुरू भएको छ ।

कांग्रेस जिल्ला कार्यालयको मुलगेटमा व्यानर राखिएको छ । केही कार्यकर्ताले भोलिदेखि पार्टी कार्यालयमा तालाबन्दी नै गर्ने तयारी समेत गरेका छन । पार्टीका जिल्ला सभापति रमेशकुमार महत पार्टी भन्दा बढी गुट चलाएको भन्दै कांग्रेसभित्र तीव्र असन्तुष्टि देखिएको छ ।  जसको असर तल शुभेच्छुकसम्म पुगेको छ ।

नुवाकोट कांग्रेसको मुलद्धारमा ‘कांग्रेस मास्न पाइदैन, गठबन्धन चाहिँदैन’ व्यानर राख्दै कार्यकर्ताहरू । तस्वीरः पत्रकार जगदिश खनाल

अहिले कांग्रेस एक हुनुपर्ने बेलामा झण्डै ५० प्रतिशत हिस्साको प्रतिनिधित्व गर्ने समूहलाई बाहिर पुर्याएर जनाधार निकै कमजोर भएको माओवादी र एकीकृत समाजवादी बोक्न खोजेको भन्दै अधिकांश नेता कार्यकर्ताले सामाजिक सञ्जालको प्रयोग गर्दै बिरोध जनाइरहेका छन । उनीहरूले नुवाकोटमा गठबन्धन गर्नुभनेको कांग्रेस अर्को २० वर्षपछि पुग्नु हो भन्दै माओवादीको संगत छाड्नुपर्ने बताएका छन ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार १४:१२