२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

कांग्रेस सभापति शेरबहादुर देउवाप्रति राजेश केसीको कार्टुन भन्दा कडा टिप्पणी


८ वैशाख, काठमाडौँ । वरिष्ठ व्यंगचित्र पत्रकार राजेश केसीले कार्टुनकै शैलीमा प्रधानमन्त्री समे रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि कडा झटारो हानेका छन । सामाजिक सञ्जाल फेसबुक मार्फत तिखो टिप्पणी गर्दै केसीले माओवादीसँग फेरि चुनावी तालमेल गरेकोमा व्यंग्य गरेका छन ।

केसीले टिप्पणीमा देउवाले हिजो प्रजातन्त्र जोगाउने नाममा प्रतिनिधिसभा राजालाई बुझाएको, त्यही प्रजातन्त्र जोगाउन माओवादीसँग लड्न भनेर तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुससँग हतियार मागेको र त्यही माओवादीसँग मिलेर चुनाव लडेको भन्दै व्यंग्य गरेका छन ।

उनले भनेका छन, “प्रजातन्त्र जोगाउन” प्रतिनिधिसभा राजालाई बुझाएनन् कि “प्रजातन्त्र जोगाउन” माओवादीसँग लड्न भनी बुशसँग हतियार मागेनन् कि “प्रजातन्त्र जोगाउन” तिनै माओवादीसँग मिलेर चुनाव लडेनन् ??? अनि किन होइनन् उनी “प्रजा-तान्त्रिक” !!

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार १०:१५