लेनदेनको मुद्दा मिलाउन घुस खाने सई रूपनारायण महतो पक्राउ
७ वैशाख, पोाखरा । गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बाग्लुङमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) रूपनारायण महतो घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले महतोलाई घुस सहित पक्राउ गरेको हो ।
सई महतोलाई ३८ हजार रुपैयाँ घुस रकमसहित मंगलबार बेलुकी पक्राउ गरिएको आयोगका पोखरा प्रवक्ता देवप्रसाद थपलियाले बताए । महतोले लेनदेन मुद्दा मिलाइ दिने भन्दै सेवाग्राहीसँग ३८ हजार रुपैयाँ लिएका थिए । आयोगको टोलीले रकमसहित महतोलाई बाग्लुङ नगरपालिका २ स्थित विपद् व्यवस्थापन गुल्म नजिकैबाट पक्राउ गरेको हो ।
प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार २०:२८