तंग्रिदै नेपाली पर्यटनः आठ महिनामा १४ अर्ब ४९ करोड रुपैयाँ आय
७ वैशाख, काठमाडाैँ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा पर्यटन क्षेत्रबाट १४ अर्ब ४९ करोड रुपैयाँ आय भएको जनाएको छ । कोरोना महामारीको जोखिम कम भएसँगै बढेको पर्यटकको संख्याले पर्यटन क्षेत्रको आय बढेको मन्त्रालयले जनाएको हो ।
सन् २०२२ को मार्चसम्म नेपाल आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भई ७८ हजार ७४७ पुगेको छ । गत वर्षको सोही अवधिमा कोरोना महामारीका कारण उक्त संख्या ८५ प्रतिशतले कमी आई ३२ हजार ९९७ रहेको थियो ।
गत आर्थिक वर्षको पहिलो आठ महिनामा कोरोनाका कारण नेपाल आउने पर्यटकको संख्यामा कमी आउँदा पर्यटन क्षेत्रको आय ९१.६ प्रतिशतले कमी आई ७ अर्ब २६ करोड रुपैयाँमा झरेको थियो ।
प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार १८:३०