२ मंसिर २०८१, आईतवार | Mon Nov 18 2024

प्रधानमन्त्री ओलीले भोलि प्रदेश नं २ को प्रदेशसभा बैठकलार्इ सम्बोधन गर्ने

१ भदाै, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि ( शनिबार) प्रदेश नं २ प्रदेशसभाको बैठकलाई सम्बोधन गर्नुहुने कार्यक्रम छ । सम्बोधनका लागि प्रधानमन्त्री ओली शनिबार बिहान जनकपरुधाम आउनु हुने कुरा प्रदेश नं २ प्रदेशसभा सचिवालयले जनाएको छ । सभामुख सरोजकुमार यादवका अनुसार प्रधानमन्त्री ओलीले शनिबार बिहान ११ बजे प्रदेशसभाको बैठकलाई सम्बोधन गर्नुहुने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीको स्वागतका लागि स्वागतद्वारको निर्माणका साथै प्रदेशसभामा विशेष तयारी गरेको बताइएको छ । प्रदेशसभाको बैठकलाई सम्बोधन गरेपछि प्रधानमन्त्री ओली धनुषा जिल्लाको बरमझियामा आयोजना हुने शहीद रामवृक्ष यादवको २५ औँ स्मृतिसभामा सहभागी हुने कार्यक्रम छ ।

सो सभामा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी हुने कार्यक्रम रहेको नेकपाका नेता विश्वनाथ साहले बताउनुभयो ।

प्रकाशित मिति : १ भाद्र २०७५, शुक्रबार २२:५७