२ मंसिर २०८१, आईतवार | Sun Nov 17 2024

राष्ट्रिय जनावर गार्इको बिरोधमा सिंहदरबार अघि नांगिने जितिन लिम्बु पक्राउ

१ भदौ, काठमाडौं । राष्ट्रिय जनावर गार्इको बिरोधमा सिंहदरबार अघि नांगिने जितिन लिम्बु पक्राउ परेका छन । गाईलाई राष्ट्रिय जनावरबाट बदरको माग गर्दै सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन गर्ने लिम्बुलार्इ प्रहरीले प्रकाउ गरेको हो ।

प्रहरीले उनलार्इ सार्वजनिक स्थानमा अश्लिलता प्रदर्शन गरेको अभियोगमा पक्राउ गरेको जनाएको छ । उनले नयाँ मुलुकी ऐन समेत बदर गर्नुपर्ने माग गरेका छन ।

लिम्बुले ‘जनावर सबै एक हुन्, कानून सबैलाई लागू गर, नयाँ मुलुकी ऐन संशोधन गर, राष्ट्रिय जनावर बदली गर’ लेखिएको प्लेकार्डले आफ्नो यौनाङ्ग छापेका थिए । लिम्बुलार्इ महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७५, शुक्रबार १२:५५