१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

ट्याक्टरले किच्दा बालिकाकाे ज्यान गयाे


३० चैत, अर्घाखाँची । अर्घाखाँचीकाे पाणिनी गाउँपालिका-८ पालीमा ट्याक्टरले किच्दा एक बालिकाकाे ज्यान गएकाे छ । अर्वका आधारभूत विद्यालयमा कक्षा ५ मा पढ्ने ११ वर्षीया बालिका नमुना कुमाललाई लु२त ९३७१ नम्वरकाे ट्याक्टरले किचेकाे र उनकाे घटनास्थलमै ज्यान गएकाे हाे । ट्याक्टरमा बसेर विद्यालय जाँदै गरेकी बालिका कुमाल स्कुल नजिकै पुगेपछि ट्याक्टरबाट खसेकाे र ट्याक्टरकाे बीचकाे टायरले किचेकाे प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

अर्बका आधारभूत विद्यालयका शिक्षक पदम पाैडेलका अनुसार बुधबार बिहान करिब ९ बजेतिर दुर्घटना भएकाे हाे । मृतक बालिका परीक्षा दिन विद्यालय जाँदै थिइन् । विद्यालय आउनै लागेपछि बालिका आत्तिएर झरेकाे र ब्रेक लगाउँदा लगाउँदै बीचकाे टायरमा टाउकाे परेकाे स्थानीयले बताए । ट्याक्टर र चालकलाई नियन्त्रणमा लिइसकेकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार १२:०६