१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

१५ वर्षीया किशोरी करणी आरोपमा एक जना पक्राउ

२९ चैत, काठमाडौँ । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पर्सा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पटेर्वासुगौली गाउँपालिका-४ फरहदवाका २२ वर्षीय आदेश पटेल रहेका छन् । उनलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

आइतबार साढे १० बजे राति बालिकालाई उनकै घरनजिकको गोठमा दाउरा लिन गएको बेला जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलवार २०:५५