१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

जसपा सुदूरपश्चिम प्रदेश अध्यक्ष चौधरी माओवादीमा प्रवेश, यसको देशभर प्रभाव पर्छ : प्रचण्ड


२९ चैत, काठमाडौं । जनता समाजवाद पार्टीका सुदुरपश्चिम प्रदेश अध्यक्ष कृष्णकुमार चौधरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । कोटेश्वर पेरिसडाँडास्थित माओवादी मुख्यालयमा आयोजित कार्यक्रममा चौधरीसहित कांग्रेस, एमालेलगायतका नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । चौधरी जसपा परित्याग गरी माओवादीमा प्रवेश गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चौधरीसहित नेता कार्यकर्ताको माओवादी प्रवेशले सुदूरपश्चिममात्र नभएर देशभर प्रभाव पर्ने बताएका छन् । देशको विकास र समृद्धि गर्ने पार्टी माओवादी रहेको र यही पार्टी चौधरी जस्ता नेता कार्यकर्ताको प्रवेश झनै सहयोग पुग्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलवार १५:२७