२० असार २०८१, बिहीबार | Fri Jul 5 2024

सर्लाहीमा बस पल्टिदा चालकसहित २४ जना यात्रु घाइते


२८ चैत, सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–५ फुलजोर चोकमा सोमबार बिहान बस पल्टीदा चालक सहित बसमा सवार २४ जना यात्रु घाइते भएका छन् । घाइते मध्ये ५३ बर्षीया कमला श्रेष्ठ राइको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको जनकपुर स्थित रामा मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

पारिश्रमिक सहकारी संस्था मोरङबाट भ्रमणको लागी प्युठान पुगेर मोरङतर्फ फर्कदै गर्दा प्रदेश ३–०१–००५ ख ९८६० नम्बरको बस आज बिहान पौने ४ बजे दुर्घटनामा परेको थियो ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार १२:१०