२० असार २०८१, बिहीबार | Fri Jul 5 2024

धनकुटामा गठबन्धनलाई क्लिनस्वीप गर्ने एमालेका दावेदार उम्मेदवार को–को?


२७ चैत, धनकुटा । गएको निर्वाचनमा क्लिन स्वीप गरेको एमालेले धनकुटामा सर्वसम्मत उम्मेदवार छन्न प्रयास गरिरहेको छ । एमाले धनकुटाका अध्यक्ष इन्द्रमणी पराजुलीकाअनुसार सवै स्थानीय तहमा बहुसंख्यक कार्यकर्ताको माग र रोजाइमा परेका ब्यक्तिलाई उम्मेदवार बनाउने तयारी रहेको छ ।

धनकुटाको ७ वटा स्थानीय तहमै पाँच दलीय सत्ता गठबन्धन भएकाले पनि पुरानो साख जोगाउन यसपटक एमालेले विवादरहित उम्मेदवार छनौट गर्ने तयारी गरेको हो । सहमतिको लागि धनकुटा जिल्ला इन्चार्ज राजेन्द्र राई, सहइन्चार्ज वीना राई र सकुन्तला बस्नेतको सल्लाहमा काम भइरहेको छ ।

जिल्ला सदरमुकाम रहेको धनकुटा नगरपालिकामा एमालेका जिल्ला उपाध्यक्ष चिन्तन तामाङको दावेदारी बलियो रहेको छ । उनीसँगै प्रदेश कमिटि सदस्य सन्दीप रायमाझी, उमेश घिमिरे, जिल्ला कमिटि सदस्यहरु निरेन तामाङ, नरेन्द्र पोखरेल र नगरअध्यक्ष अर्जुन छाराहाङको दावी गरेका छन्। त्यस्तै उपमेयरमा जिल्ला कमिटि सदस्यहरु तारा तितुङ, गीता अधिकारी, भीमादेवी खनाललगायतको दावी रहेको छ । यो नगरमा एमालेले २०७४ सालको निर्वाचनमा झिनो मतान्तरले जितेको थियो।

पाख्रीबास नगरपालिका एमाले केन्द्रीय सदस्य राजेन्द्र राई, कांग्रेसका केन्द्रीय सदस्य सुनिलबहादुर थापा, राप्रपाका केन्द्रीय सदस्य पवित्रा श्रेष्ठको गृह नगर हो । त्यसैले प्रतिस्पर्धासँगै नेताहरुको प्रभाव क्षेत्रको रुपमका समेत विश्लेषण गरिन्छ । यो नगरपालिकामा एमालेका प्रदेश कमिटि सदस्य भीम राई, नगरअध्यक्ष शान्तिराम गौतम, जिल्ला कमिटि सदस्य हरिबहादुर खत्री लगायतले मेयरमा दावी गरेका छन् । उपमेयरमा देवकला तिमिल्सिना, सम्झना आले, अरुणाकुमारी राई र नम्रता देउजाको नाम चर्चामा रहेको छ ।

महालक्ष्मी नगरपालिकामा वर्तमान नगरप्रमुख पर्शुराम नेपाल, उपमेयर मन्जु कार्की, जिल्ला समन्वय समिति प्रमुख टंक चौहान, प्रदेश कमिटि सदस्य दीपक बुढाथोकी, नगर अध्यक्ष किरणबाबु गिरी, जिल्ला सदस्य इन्द्र पौडेललगायतको नाम मेयरमा चर्चा रहेको छ । त्यस्तै उपमेयरमा वर्तमान उपमेयर मन्जु पौडेल, रुद्र तुम्बा र राम खड्काको चर्चा छ ।

सहिदभूमी गाउँपालिका एमालेको सवैभन्दा बलियो जनआधार भएको गाउँपालिका हो । यो पालिकामा हरेक निर्वाचनमा एमाललेले ६० प्रतिसत मत प्राप्त गरिरहेको छ । यो पालिकामा यसपटक वर्तमान अध्यक्ष मनोज राई, प्रदेश सदस्य सुक्ष्मा राई, जिल्ला सदस्यहरु प्रेम राई, भुपेन्द्र राई, बम राई, घुममाया(सीमा) राई, सावित्रा राई, वर्तमान उपाध्यक्ष रत्नश्वरी राईको नाम अध्यक्ष र उपाध्यक्षमा चर्चा रहेको छ ।

छथर जोरपाटी गाउँपालिका पनि एमालेको राम्रो जनाआधार रहेको क्षेत्र हो । यो पालिकामा वर्तमान अध्यक्ष शेरबहादुर लिम्बु, जिल्ला कमिटि उपसचिव शिव आङला, जिल्ला सदस्य इन्द्र सारुमगरको नाम चर्चामा छ । उपाध्यक्षमा वर्तमान उपाध्यक्ष भीमकला र गोमा कार्कीको नाम चर्चामा छ ।

चौविसे गाउँपालिकामा वर्तमान अध्यक्ष खजिन्द्र राई, उपाध्यक्ष यज्ञकुमारी रुचाल, जिल्ला सदस्यहरु सोविस चेम्जोङ, नैन रुचाल, केसर लिम्बु र पालिका अध्यक्ष राजकुमार चेम्जोङको नाम चर्चामा रहेको छ । साँगुरीगढी गाउँपालिकामा वर्तमान अध्यक्ष कुमारजंग याखा, जिल्ला सदस्य देवमान राई, हरि राई, निर्मला इवाहाङ, वर्तमान उपाध्यक्ष विन्द्र राई, गाउँपालिका कमिटि अध्यक्ष बालकृष्ण राई र पशुपति याखा लगायतको नाम अध्यक्ष उपाध्यक्षमा चर्चा रहेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आईतवार १९:१८