२० असार २०८१, बिहीबार | Fri Jul 5 2024

चितवनमा प्रचण्डका साँढुभाइले नै छाडे माओवादी, नेकपा एमालेमा प्रवेश


२७ चैत, चितवन । चितवनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका साँढुभाइले नै पार्टी छाडेर एमाले प्रवेश गरेका छन । २०३५ सालदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय रहेका खेम भट्ट माओवादी र प्रचण्ड छाडेर एमालेमा प्रवेश गरेका हुन । भट्टसँगै उनकी श्रीमति माया भट्ट पनि एमाले प्रवेश गरेकी छन ।

आइतबार भरतपुरस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा भट्टलाई एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीमा स्वागत गरे । भट्ट माओवादी केन्द्र चितवनका जिल्ला सदस्य, बागमती प्रदेश प्रतिनिधि र भरतपुर महानगरपालिका वडा नम्वर ३ का इन्चार्ज रहेका थिए ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आईतवार १५:३५