१८ असार २०८१, मंगलवार | Wed Jul 3 2024

बेलायतले पनि लगायो पुटिनका छोरीमाथि प्रतिबन्ध


२६ चैत, लन्डन । बेलायतले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका छोरीहरुलाई प्रतिबन्धको सूचीमा राखेको छ । रुसले युक्रेन हमला गरेको भन्दै बेलायतले पुटिनका छोरीहरुलाई प्रतिबन्धको सूचीमा राखेको हो ।

बेलायतले पुटिनका वयस्क छोरी कातेरिना तिखोनोभा र मारिया भोरोन्तोभा, विदेशमन्त्री सर्गेई लाभरोभकी छोरी सर्गेइभना विनोकुरोभाको सम्पत्ति रोक्का गर्ने घोषणा गरेको हो । तीनै जनालाई यस साताको सुरुमा अमेरिकाले प्रतिबन्ध लगाएको थियो ।

रुसी राष्ट्रपतिका भित्रि वृत्तका मानिसहरुलाई प्रतिबन्ध लगाउने पहलस्वरुप बेलायतको पछिल्लो कदम आएको हो । युक्रेनमा रुसले हमला सुरु गरेपछि बेलायतलगायत पश्चिमा देशहरुले मस्कोमाथि प्रतिबन्ध लगाउँदै आएका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार १४:२४