१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

गोलन्जोर गाउँपालिकाको अध्यक्षमा एमालेबाट बराल सर्वसम्मत उम्मेद्वार


२६ चैत, सिन्धुली । नेकपा एमालेले गोलन्जोर गाउँपालिकाको अध्यक्षको उम्मेदवार सर्वसम्मतरुपमा शंकर बराल लाई सिफारिस गरेको छ । पार्टी इञ्जार्ज तथा सांसद गणेश पहाडीको उपस्थितिमा भएको पार्टी पालिका पदाधिकारीको बैठकले बराललाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरको हो । गाउँ कमिटीको बैठकले शुक्रवार बसेको बैठकले अध्यक्षको आकांक्षी धेरै भएकाले सहमति जुटाउन सकेको थिएन ।

बराल नेकपा एमाले सिन्धुलीका जिल्ला कमिटी सदस्य एवम् गोलन्जोर गाउँ पालिका इन्चार्ज समेत हुन । पालिका अध्यक्षका लागि आठ जनाको दाबी थियो । अध्यक्षमा दाबी गर्नेहरूमा नारायण बराल, टीका देवकोटा, डण्ड गुरूङ, ध्रुव श्रेष्ठ, गोविन्द लुंगेली, शंकर बराल, शंकर लुंगेली र सुरेश बस्नेत थिए । एमालेले टिकट भने गाउँ कमिटीको सिफारिस र जिल्ला कमिटीको सुझावका आधारमा प्रदेश कमिटीबाट लगाउनेछ ।

पालिका प्रमुखको सिफारिस टुंगो लगाउने गोलन्जोर गाउँ कमिटी पहिलो बनेको छ ।उपाध्यक्ष र केही वडाहरुमा भने सहमति हुन बाँकी रहेको र छिट्टै टुंगोमा पुग्ने एमाले गोलन्जोर गाउँ कमिटी अध्यक्ष रेगनराज थापाले जानकारी दिए। एमालेबाट अहिलेसम्म वडा नम्बर ३ र ४ वडाध्यक्ष टुंगो लागेको छ । अन्य वडामा भने टुंगो लाग्न बाँकी छ ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार १४:०४