१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

गर्भनर निलम्बन कटुवाल प्रकरणपछि अर्को गम्भीर भुल : एमाले महासचिव


२६ चैत, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गर्भनर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको विषयलाई पूर्व प्रधानसेनापति रुक्माङगत कटुवाल प्रकरणसँग जोडेका छन् ।

तत्कालिन प्रधानसेनापति कटुवाललाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले निलम्बन गर्न खोजेपछि सरकारवाट बाहिरिनु परेको घटनालाई स्मरण गराउँदै महासचिव पोखरेलले सो टिप्पणी गरेका हुन् ।

‘कटुवाल प्रकरणपछि माओवादीको अर्को गम्भीर भुल हो यो गभर्नरको निलम्वन,’ पोखरेलका छोटो प्रतिक्रिया छ, ‘अर्थिक संकटको कारक अर्थमन्त्री र मुकदर्शक बनेका प्रम आफै हुन् ।’ गर्भनर अधिकारीलाई बिहीबारको मन्त्रीपरिषद् बैठकले नै निलम्बन गरे पनि सरकारले सनिवारमात्रै सार्वजनिक गरेको हो ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार १३:५२