१४ असार २०८१, शुक्रबार | Fri Jun 28 2024

आले नीतिको प्रतिरोध गर्दै डोटीका समाजवादी नेताहरू धमाधम एमालेमै फर्किदै


२६ चैत, डोटी । एकीकृत समाजवादीका नेता एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेको नीतिको प्रतिरोध गर्दै नेकपा एकीकृत समाजवादीमा जोडिएका डोटीका नेताहरू धमाधम एमालेमै फर्किन थालेका छन । डोटीमा एमालेबाट निर्वाचित भए पनि आले माधवकुमार नेपालसँगै समाजवादीमा गएका थिए ।

आलेसँगै डोटीका केही एमाले नेता समाजवादीमा गएका थिए । तर आले प्रवृतिबाट आजित भएका उनीहरू फेरि एमालेमै फर्किन थालेका छन । एमाले डोटीका नेता अमृत कुमार ओली ६ महिना पछि पुन एमालेमै फर्किएका छन् । जिल्ला सचिवालय सदस्य तथा जोरायल गाउँपालिका इन्चार्ज समेत रहेका उनी एक कार्यक्रममा समाजवादी त्यागेर एमाले प्रबेश गरेका हुन् ।

उनलाई एमाले नेता डिल्लीराज भट्टले एमालेमा पुनः स्वागत गरेका थिए ।  लामो समय एमालेमा सकृय रहेका ओली पार्टी बिभाजन भएको केही समय पछि समाजवादीमा सकृय भएका थिए । तर पछिल्लो समय समाजवादीको निति उपयुक्त भएको भन्दै एमालेमै फर्किएको उनले बताए । झसमाजवादीको आफ्नो कुनै निति छैन । काङ्ग्रेस र माओवादी संग टासिंएर हिड्न थालेपछि आफ्नै घर फर्किएको हुझउनले नेपाल प्रेसलाई भने ञअब सधै एमालेमै सकृय हुन्छु ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार १०:२३