१४ असार २०८१, शुक्रबार | Fri Jun 28 2024

माओवादीसँग तालमेल हुन सक्छ तर माधव नेपालसँग कुरा पनि हुँदैनः सचिव महासेठ


२६ चैत, काठमाडाैँ । नेकपा एमालेका सचिव रघुवीर महासेठले प्रदेश र संघको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)सँग तालमेल हुन सक्ने बताएका छन् । एमालेले माओवादीलगायत वामपन्थी र प्रगतिशील शक्तिसँग तालमेल गर्न सक्ने सम्भावना रहेको बताए ।

तर, माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)सँग भने तालमेलको सम्भावना पटक्कै नभएको उनको भनाइ छ ।

‘कसैले सोचेको थियो र २ पार्टीबीच एक्कासी एकता हुन्छ भनेर ? भयो त । सहकार्य हुन सक्छ’, सचिव महासेठले न्युज कारखानासँग भने, ‘अहिले माओवादी एउटा प्रतिक्रियावादी खेमामा पुगे पनि, दक्षिणपन्थी खेमामा पुगे पनि, कम्युनिस्ट आन्दोलनको विरुद्धमा पुगे पनि राजनीतिक रूपमा माओवादीलगायत वामपन्थी र प्रगतिशील पक्षसँग तालमेलको सम्भावना जहिले रहन्छ । तर, माधवकुमार नेपाल पक्षसँग रहँदैन ।’

एमालेको मधेस इन्चार्जसमेत रहेका महासेठले नेपाल नेतृत्वको पार्टीले एक्लै वडा सदस्य पनि कहीँ नजित्ने ठोकुवा गरे । कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीको समर्थन पाउँदा पनि उक्त पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई निर्वाचन जित्न मुस्किल पर्ने दाबी गरे ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार १०:०९