१४ असार २०८१, शुक्रबार | Fri Jun 28 2024

साइक्लिङले पर्यावरण संरक्षण गर्न टेवा पुर्‍याउँछ: प्रचण्ड


२६ चैत, चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यावरण संरक्षण गर्न पनि साइक्लिङ आवश्यक रहेको बताएका छन् । ‘प्रज्ञा स्मृति साइक्लिङ म्याराथन–२०२२’ को शनिबार चितवनको भरतपुरमा उद्घाटन गर्दै प्रचण्डले साइक्लिङमार्फत पर्यावरण संरक्षण गर्न सकिने र उक्त सन्देश देशव्यापी फैलाउन जरुरी रहेको बताए ।

‘तपाईंहरूले यो प्रतियोगितामार्फत देशैभरी साइक्लिङको विषयमा एउटा सन्देश दिनु हुनेछ । पर्यावरणको संरक्षण गर्ने र स्वास्थ्य प्रवर्द्धन गर्ने सन्देश यो म्याराथनबाट दिनु हुनेछ’, प्रचण्डले भने । म्याराथनमा विदेशी साइकल यात्रीहरू पनि सहभागी छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार ०९:२६