१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

गभर्नर महाप्रसाद अधिकारी निलम्बित

२५ चैत, काठमाडाैँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले निलम्बित गरेको छ। डेपुटी गभर्नर निलम ढुंगानालाई कामुकाे जिम्मा दिएको छ ।

मुलुकलाई आर्थिक संकटबाट रोक्न पटक लिखित र मौखिक सुझाव दिँदै आएका अधिकारीलाई अर्थ मन्त्रालयले निलम्बनको पत्र थमाएकाे हाे । मन्त्रिपरिषद्‍को बिहीबारको बैठकले अधिकारीमाथि छानबिन गर्ने निर्णय गर्दै छानबिन समिति पनि गठन गरेको थियो ।

उक्त छानबीन समितिमा गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनादर्न शर्मा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, उर्जामन्त्री पम्फा भुसाल, स्वास्थ्यमन्त्री विरोध खतिवडा र संघीय मामिलामन्त्री राजेन्द्र श्रेष्ठ थिए ।

तत्कालीन केपी ओली सरकारले अधिकारीलाई २०७६ साल चैत २४ मा गभर्नर नियुक्त गरेको थियो ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार २०:३१