१४ असार २०८१, शुक्रबार | Fri Jun 28 2024

एमाले उपमहासचिव विष्णु रिमालसहितलाई अभिनन्दन गरिदैँ


२५ चैत, नुवाकोट । नेकपा एमाले नुवाकोटको विदुर नगरकमिटीले उपमहासचिव विष्णु रिमालसहितका केन्द्रीय नेताको अभिनन्दन गर्ने भएको छ । बिहीबार पत्रकार सम्मेलन नै गरेर एमालेको विदुर नगरकमिटीले अभिनन्दन गर्ने जानकारी दिएको हो ।

समग्र नुवाकोटको भूगोलबाट नेकपा एमाले पार्टीको केन्द्रीय समिति, प्रदेश र जिल्लागत पदीय भूमिकामा पदमा सर्वसम्मत चयन भएका दर्जनौं व्यक्तिवहरुलाई सम्मान गर्ने निर्णय गरिएको नगर कमिटीका सचिव अनुजकुमार श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठले चैत २६ गते शनिबार हुने कार्यक्रममा एमाले उपमहासचिव रिमालसहित दर्जनौ व्यक्तिवहरुलाई सम्मान गर्ने उनले बताए । पार्टीको केन्द्रीयस्तरसम्म जिम्मेवारी सम्हालेको भएर नेकपा एमाले नुवाकोटको ऐतिहासिक क्षण भएकोले सम्मान गर्न लागिएको उनले बताए ।

सम्मानित हुनेमा केन्द्रीय उपमहासचिव रिमालसहित स्थायी कमिटी सदस्य विन्दा पाण्डे, केन्द्रीय कमिटी सदस्य विन्दा ढुंगाना, उषाकिरण तिमिल्सिना र बागमती प्रदेश कमिटी सदस्य केशवराज पाण्डे रहेका छन् । यस्तै, सम्मानित हुनेमा विदुर नगरको भूगोलबाट प्रतिनिधित्व गर्ने जिल्ला पदाधिकारीहरु, सचिवालय सदस्य र जनसंगठन केन्दीय पधाधिकारीहरु रहेका छन् ।

विदुर नगरपालिकाको वडा नम्बर २ इन्द्रचोकमा हुने कार्यक्रम विदुर नगर कमिटी वडा नम्बर २ को व्यवस्थापनमा गर्न लागिएको वडा कमिटीका अध्यक्ष दामोदर नेपालले बताए ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार १२:१६