१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

अष्ट्रेलियाको राजदूतमा माधवकुमार नेपालका ज्वाइँ कैलाश पोखरेल सिफारिस

२४ चैत, काठमाडाैँ । सरकारले अष्ट्रेलियाको राजदूतमा माधवकुमार नेपालका ज्वाइँ कैलाश पोखरेल सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालका बहिनी ज्वाइँ कैलाश पोखरेलको नाम सिफारिस गरेको हो । पोखरेल माधव नेपालकी कान्छी बहिनी वसुधाका श्रीमान हुन । उनी यसअघि विधि मिचेरै अमेरिकाका लागि नेपालको राजदूतावास वासिङ्टन डीसीमा पहिलो इकोनोमिक काउन्सिलर भएर गएका थिए । यद्यपी उनी इकोनोमिक काउन्सिलर भएर त्यहाँ काम गरेको कसैले पनि थाहा नपाएको भन्दै केही अघि समाचार नै सार्जिनक भएको थियो  ।

प्रस्तावित राजदूत अन्यमा एकीकृत समाजवादीबाट मिलन तुलाधर रुस र डिल्लीराज पौडेललाई मलेसिया लागि सिफारिस गरिएको छ । त्यस्तै जनता समाजवादी पार्टी (जसपा)बाट डेनमार्कका लागि प्रा.डा.रामरामशुरज राय र साउदी अरेबियाका लागि नवराज सुवेदी रहेका छन । त्यस्तै माओवादीबाट विष्णुपुकार श्रेष्ठ रहेका छन ।

अन्य राजदूतमा दानवहादुर तामाङ- दक्षिण अफ्रिका, शर्मिला पराजुली ढकाल- स्पेन, बाशुदेव मिश्र- श्रीलंका, शान्ता रिजाल- इजरायल, ज्योति प्याकुरेल- दक्षिण कोरिया, नरेश विक्रम ढकाल रहेका छन । त्यस्तै परराष्ट्र सेवाका कर्मचारीबाट घनश्याम भण्डारी, हरिशचन्द्र घिमिरे, तीर्थराज वाग्ले, डोरनाथ यादव, शुशिल कुमार लम्साल, भरतकुमार रेग्मी, निर्मलराज काफले र दुर्गा बहादुर सुवेदी रहेका छन ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार २१:२५