१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

नुवाकोट शिवपुरी–३ का ३१ वर्षीय राजु भण्डारी बैंकिङ कसुर मुद्दामा पक्राउ

२४ चैत, काठमाडाैँ । नेपाल प्रहरीले बैकिङ कसुर मुद्दामा फरार दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले नुवाकोट शिवपुरी गाउँपालिका–३ का ३१ वर्षीय राजु भण्डारी र झापा गौरादह नगरपालिका घर भई हाल काठमाडौँको धुम्बाराहीमा बस्दै आएका ५० वर्षीय उपेन्द्रप्रसाद ढुङ्गानालाई आज पक्राउ गरेको हो ।

पक्राउ परेका भण्डारीलाई उच्च अदालत पाटनको विसं २०७८ वैशाख २९ गतेको फैसलाले रु सात लाख दुई हजार ५०० जरिवाना र ढुङ्गानालाई उच्च अदालत विराटनगरले विसं २०७८ पुस २२ गते पक्राउ अनुमति दिएको प्रहरीले जनाएको छ ।

पक्राउ भण्डारीलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँ र ढुङ्गानालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमक पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार २१:०८