१४ असार २०८१, शुक्रबार | Fri Jun 28 2024

सर्मिला पराजुली ढकाल फेरि राजदूतका लागि सिफारिस (२० जनाको नामसहित)


२४ चैत, काठमाडौँ । सर्मिला पराजुली ढकाल फेरि राजदूतका लागि सिफारिसमा परेकी छिन । बिहीबार मन्त्रिपरिषद् बैठकले २० देशका लागि राजदूत सिफारिस गर्दा ढकाललाई स्पेनका लागि राजदूत सिफारिस गरेको छ । यसअघि तत्कालीन केपी शर्मा ओलीको सरकारले उनलाई ओमनका लागि नेपाली राजदूत बनाएको थियो । त्यतिखेर म्यानपावर व्यवसायीलाई राजदूत बनाएको भन्दै चर्को आलोचना समेत भएको थियो । उनी त्यतिखेर फोरम लोकतन्त्रिकको कोटामा राजदूत भएकी थिइन ।

प्रस्तावित राजदूतमा एकीकृत समाजवादीबाट मिलन तुलाधर रुस, कैलाश राज पोखरेल अस्ट्रेलिया र डिल्लीराज पौडेललाई मलेसिया लागि सिफारिस गरिएको छ । त्यस्तै जनता समाजवादी पार्टी (जसपा)बाट डेनमार्कका लागि प्रा.डा.रामरामशुरज राय र साउदी अरेबियाका लागि नवराज सुवेदी रहेका छन । त्यस्तै माओवादीबाट विष्णुपुकार श्रेष्ठ रहेका छन ।

अन्य राजदूतमा दानवहादुर तामाङ- दक्षिण अफ्रिका, शर्मिला पराजुली ढकाल- स्पेन, बाशुदेव मिश्र- श्रीलंका, शान्ता रिजाल- इजरायल, ज्योति प्याकुरेल- दक्षिण कोरिया, नरेश विक्रम ढकाल रहेका छन । त्यस्तै परराष्ट्र सेवाका कर्मचारीबाट घनश्याम भण्डारी, हरिशचन्द्र घिमिरे, तीर्थराज वाग्ले, डोरनाथ यादव, शुशिल कुमार लम्साल, भरतकुमार रेग्मी, निर्मलराज काफले र दुर्गा बहादुर सुवेदी रहेका छन ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार २०:४७