१४ असार २०८१, शुक्रबार | Fri Jun 28 2024

एकै पटक २० राजदूत नियुक्तिको सिफारिस, दलको कोटामा १२ र कर्मचारीबाट ८ जना


२४ चैत, काठमाडाैँ । सरकारले एकै पटक २० राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । राजदूतको नियुक्ति मन्त्रिपरिषद्को सिफारिसमा संसदीय सुनुवाइ सकेर सम्बन्धित देशले एग्रिमो दिएपछि राष्ट्रपतिले नियुक्ति गर्ने प्रचलन रहेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले २० जनाको नाम सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए  । उनले सिफारिसमा परेकाहरूकाे योग्यता लगायतको सबै विषय टुंगिएपछि सञ्चार मन्त्रीले सार्वजनिक गर्नेछन । बैठकले राजनीतिक दलहरूको कोटामा १२ जना र परराष्ट्र सेवाका कर्मचारीबाट ८ जना राजदूत नियुक्तिका लागि सिफारिस गरिएको छ ।

प्रस्तावित राजदूतमा एकीकृत समाजवादीबाट मिलन तुलाधर रुस, कैलाश राज पोखरेल अस्ट्रेलिया र डिल्लीराज पौडेललाई मलेसिया लागि सिफारिस गरिएको छ । त्यस्तै जनता समाजवादी पार्टी (जसपा)बाट डेनमार्कका लागि प्रा.डा.रामरामशुरज राय र साउदी अरेबियाका लागि नवराज सुवेदी रहेका छन । त्यस्तै माओवादीबाट विष्णुपुकार श्रेष्ठ रहेका छन । अन्य राजदूतमा दानवहादुर तामाङ- दक्षिण अफ्रिका, शर्मिला पराजुली ढकाल- स्पेन, बाशुदेव मिश्र- श्रीलंका, शान्ता रिजाल- इजरायल, ज्योति प्याकुरेल- दक्षिण कोरिया, नरेश विक्रम ढकाल रहेका छन ।

त्यस्तै परराष्ट्र सेवाका कर्मचारीबाट घनश्याम भण्डारी, हरिशचन्द्र घिमिरे, तीर्थराज वाग्ले, डोरनाथ यादव, शुशिल कुमार लम्साल, भरतकुमार रेग्मी, निर्मलराज काफले र दुर्गा बहादुर सुवेदी रहेका छन ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार २०:०८