पापिनी आमाले जुम्ल्याह छोरीको यसरी गरिन निर्मम हत्या (भिडियो)
३१ साउन, काठमाडौँ । ताप्लेजुङमा जुम्ल्याह छोरीको सेफ्टी ट्यांकीमा हालेर निर्मम हत्या गरेपछि एक २० वर्षीय आमा फरार भएकी छिन । झण्डै एक वर्षकी जुम्ल्याहा छोरी गंगा र जमुनको हत्या गरी आमा कमला फरार भएकी हुन ।
कमलाले कच्ची शौचालयभित्र डुबाएकी गंगा र जमुना मध्ये गंगाको शव निकालिएको र जमुनलाई घाइते अवस्थामा उद्धार गरिए पनि उनको उपचारका क्रममा बुधबार निधन भएको छ । छोरीको हत्यापछि फरार रहेकी कमला एकवर्षे जुम्ल्याहा छोरीका साथ माइतीघरमा बस्दै आएकी थिइन् ।
कमलाकी आमा संजमायाका अनुसार २६ गते छोरी र नातिनीलाई घरमा छाडेर उनी तलको घरमा झरेकी थिइन् । बुधबार माथिको घरमा जाँदा कोही पनि भेटिनन् । बस्तुभाउलाई घाँस काट्ने क्रममा सेफ्टीट्यांकीमा बच्चा रोएको सुनेपछि उनीहरुले छिमेकीलाई खबर गरेका थिए ।
जुम्ल्याह छोरीलाई शेफ्टी ट्यांकीमा हालेर हिँडेकी कमला भर्खर २० वर्षकी भएकी छन् । उनले उदपयुरका गाडीका सहचालकसँग भागी बिहे गरेकी थिइन् । तर उनको सम्बन्ध बिग्रिएपछि माइतमै बस्दै आएकी थिइन ।
प्रकाशित मिति : ३१ श्रावण २०७५, बिहीबार १६:३८