१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

समृद्ध नेपाल निर्माणका लागि एमाले प्रतिबद्ध छः अध्यक्ष ओली

२४ चैत, काठमाडाैँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि स्थानीय तहको निर्वाचनमा जनताले एमालेलाई नेतृत्वमा पुर्याउने बताएका छन् ।

नेकपा एमाले, बाँकेले नेपालगञ्जमा आज आयोजना गरेको अगुवा कार्यकर्ता भेला एवं पार्टी प्रवेश कार्यक्रममा उनले समृद्ध नेपाल निर्माणका लागि एमाले प्रतिबद्ध रहेको बताएका छन् ।

अध्यक्ष ओलीले अहिले मुलुकको अर्थतन्त्र सङ्कटमा परेको उल्लेख गर्दै लगानी गर्ने पूँजी नभएकाले लगानी भएन भने रोजगारी र उत्पादन अगाडि बढ्न सक्दैन भने । उनले जनमैत्री कार्यक्रम गर्न सरकारसँग आग्रह पनि गरे । अध्यक्ष ओलीले हालै बाँकेको नरैनापुरमा भएको आगलागीमा परेका १६ घरपरिवारलाई जस्तापाता र रु एक/एक लाख दिने घोषणा पनि गरे ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार १५:५५