१४ असार २०८१, शुक्रबार | Fri Jun 28 2024

एमाले महासचिव पोखरेल निर्वाचन आयोग जाँदै


२४ चैत, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेल निर्वाचन अयोग जाँदै छन् । उनी दिउँसो १ बजे आयोगमा जान लागेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जनाएका छन् । आयोगले जारी गरेको निर्वाचन आचारसंहिताको विरोध गर्न उनी आयोग जान लागेका हुन् ।

आयोगले कानून विपरिक आचारसंहिता निर्माण गरेको आरोप एमालेले लगाएको छ । यसैकारण आचारसंहिता पालना गर्ने विषयमा आयोगले यसै साता आयोजना गरेको बैठकमा एमालेका प्रतिनिधिले हस्ताक्षर नगरी बाहिरिएका थिए ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार १३:०९