१४ असार २०८१, शुक्रबार | Sat Jun 29 2024

नुवाकोट कांग्रेसका पूर्व उपसभापति थापा एमालेमा, पञ्चकन्यामा कांग्रेसको जग भत्कियो


२४ चैत, काठमाडौँ । नेपाली कांग्रेस नुवाकोटका पूर्व उपसभापति यमबहादुर थापा नेकपा एमालेमा प्रवेश गरेका छन । नेकपा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीको घर पुगेर उनी बिहीबार बिहान एमाले प्रवेश गरेका हुन । उनले बिहीबार नै नेपाली कांग्रेसका अर्का नेता भगवान पौडेललाई पनि एमालेमा प्रवेश गराएका छन ।

कांग्रेसको १४ औँ महाधिवेशनमा पञ्चकन्या गाउँपालिकाको सभापतिमा ६ मतको झिनो मतान्तन्तरमा पराजित भएका थापा साविक भद्रुटार गाविसका निर्वाचित अध्यक्ष समेत हुन । नुवाकोटमा २०५४ मा अधिंकाश स्थानमा एमाले र राप्रपाले जित्दा कांग्रेसबाट विजयी भएका थिए ।

नेपाली कांग्रेस नुवाकोटका सभापति मुकुन्द सिटौला हुँदाका उपसभापति उनी सिटौला जिल्ला विकास समितिको सभापति भएपछि उनले चार वर्ष कार्यबहाक सभापतिको रूपमा नुवाकोट काग्रेस चलाएका थिए । रामेश महत नेपाली कांग्रेस नुवाकोटको सभापति भएपछि पार्टीभित्रकै फरक समूहका नेताहरूलाई कत्लेआम गरिरहेको बेलमा अर्जुननरसिंह केसी निकटका थपा एमाले प्रवेश गरेका हुन ।

थापा एमाले प्रवेश गरेसँगै नेपाली कांग्रेसको पञ्चकन्या गाउँपालिकाको जग भत्किएको छ । यसअघि पनि कमजोर रहेको कांग्रेस अब झन कमजोर बन्न पुगेको छ । डा रामशरण महत, डा प्रकाशरण महत, रमेश महत र वैकुण्ठ मिश्रको गृह पालिकामा अब कांग्रेसलाई चुनाव जित्न थप कठिन हुनेभएको छ । यसअघि २०७४ को निर्वाचनमा महतहरूले मतदान गरेको वडामा एमाले र पालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको थियो ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार ०९:१४