१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

चितवनको खैरहनीमा कांग्रेस, मओवादी र समाजवादीका तीन सय बढी एमालेमा

२४ चैत, चितवन । नेकपा एमाले चितवन खैरहनी नगर कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा तीन सय भन्दा युवाहरू नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमालेका प्रवेश गरेका छन ।

माओवादी नेता विकास श्रेष्ठको नेतृत्वमा सय भन्दा बढी त माओवादीकै कार्यकर्ता एमाले प्रवेश गरेको नेकपा एमाले चितवन जिल्ला कमिटी सदस्य सुरज थपलियाले जानकारी दिए । एमाले प्रवेश गर्नेहरूलई एमाले केन्द्रीय सदस्य शिक्षा विभागका उपप्रमुख जगन्नाथ थपलिया, एमाले चितवन जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र उपाध्यक्ष कमलराज पाठक लगायतले टिका र खादा लगाइ स्वागत गरेका थिए ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार ०८:११