१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

नुवाकोटको ककनीमा एमालेबाट प्रमुखमा काशिराज अधिकारी र उपप्रमुखमा सुनिता लामा उम्मेदवार

२३ चैत, नुवाकोट । नुवाकोटको ककनीमा एमालेबाट प्रमुखमा काशिराज अधिकारी र उपप्रमुखमा लजिता लामा ‘सुनिता’ सर्वसम्मत उम्मेदवार चयन भएका छन । बुधबार ककनी डाँडामा भएको गाउँकमिटीको बैठकले सर्वसम्मत रूपमा प्रमुखमा अधिकारी र उपप्रमुखमा लामाको नाम सिफारिस गरेको हो ।

अधिकारी नेकपा एमाले नुवाकोटका उपसचिव पनि हुन । अधिकारी त्यस क्षेत्रका लोकप्रिय नेता हुन । २०५४ सालमा थानसिङ गाविसको अध्यक्षमा विजयी भएका अधिकारीले फेरि २५ वर्षपछि नयाँ इतिहास बनाउने अवसर पाएका छन ।

पेशले लेखापरीक्षक रहेका अधिकारी ककनीमै कृषि कर्ममा पनि सक्रिय छन । लामा यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा पनि उपप्रमुखमा एमालेकै तर्फबाट उम्मेदवार रहेकी थिइन । वडाहरूको उम्मेदवार पनि करिब सर्वसम्मत नै भएको एमाले ककनीका नेताले बताएका छन । गाउँपालिका कमिटीले नै सर्वसम्मत उम्मेदवार सिफारिस गरेपछि जिल्ला वा प्रदेश कमिटीले त्यही निर्णय अनुमोदन गर्नेछ ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार १६:४३