१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

गण्डकी प्रदेशका मन्त्रीले कर्मचारी कुटे, घाइते अधिकृत ओझा अस्पताल भर्ना

२३ चैत, काठमाडाैँ । गण्डकी प्रदेश सरकार एक मन्त्रीले मन्त्रालयकै कर्मचारी माथि कुटपिट गरेका छन । गण्डकी  सरकारका युवा तथा खेलकुदमन्त्री राजिव गुरूङ ‘दीपक मनाङे’ले आफ्नै कर्मचारीमाथि कुटपिट गरेका हुन । मनाङेबाट कुटाइ खाएका मन्त्रालयका सूचना अधिकारी प्रकाश ओझा अहिले अस्पताल भर्ना भएका छन ।

फाइल बोकेर मन्त्रीको कार्यकक्षमा पुगेका ओझामाथि समयमै काम गर्न दाबब दिँदै मनाङ्गेले कुटेका हुन । घटनाको विषयमा गण्ड प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीदेखि मन्त्रालय सचिव सचिव बद्री अधिकारी समेतले जानकारी गराइएको छ । घटना मंगलबारकै भए पनि बुधबार अपरान्हमात्र सार्वजनिक भएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार १७:०३