१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

लोसपाका अध्यक्ष ठाकुर कार्यक्रममै बिरामी परेपछि हेलिकप्टरबाट काठमाडाैँ ल्याइयो

२३ चैत, काठमाडाैँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर बिरामी परेका छन । लोसपाका नेता डा सुरेन्द्र झाका अनुसार पार्टीको कार्यक्रममा भैरहवामा रहँदा समान्य ज्वरो, पखाला तथा डिहाइड्रेशन समेत देखिएपछि हेलिकप्टरबाट काठमाडाैँ ल्याइएको छ । ठाकुरको अहिले ललितपुरको मेडिसिटी अस्पतालमा उपचार भैरहेको छ । चिकित्सकले ठाकुर खतरामुक्त रहेको बताएका छन ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार १६:२२