१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

बारामा ट्रयाक्टरले किच्दा बालकको मृत्यु, चालक फरार

२३ चैत, काठमाडौं । बाराको निजगढ नगरपालिका–१० मा बुधबार बिहान ट्रयाक्टरमा जोडेको रोटाभेटरले किचेर एकजना बालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय बुद्धिलाल बम्जनका ९ वर्षीय छोरा बिपास बम्जन रहेका छन् ।

प्रदेश २ ०३ ००१ त १३१३ नम्बरको ट्रयाक्टरमा जडान गरेको रोटाभेटरमा आज बिहान ८ बजे चढ्ने क्रममा उनलाई किचेको थियो । ट्रयाक्टर चालक भने फरार रहेकाले खोजी भईरहेको ईलाका प्रहरी कार्यालय निजगढ बाराले जानकारी दिएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार १५:५८